Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई स्वागत गर्दै प्रभातफेरि

Loading

नेपालगञ्ज । नयाँ वर्षसँगै यही वर्ष नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई स्वागत गरिएको छ । क्षेत्रीय खेलकुद विकास समिति, नेपालगञ्जले शनिबार खेलाडी, प्रशिक्षक, पदाधिकारी, खेलप्रेमीलाई सहभागी गराएर प्रभातफेरि निकाल्दै नयाँ वर्षसँगै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको वर्ष सुरुवातलाई स्वागत गरेको हो ।

२०७५ को मंसिर २१ देखि २८ गतेसम्म यस क्षेत्रमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तय भइसकेको छ । प्रतियोगिताका खेलहरु बाँके, बर्दिया र दाङमा हुनेछन् ।

प्रतियोगितामा खेलाइने ३५ खेलमध्ये २० बढी प्रतियोगिता बाँकेमा हुनेछ । बर्दिया र दाङमा केही प्रतियोगिताहरु हुनेछन् । तीनवटै जिल्लामा यतिबेला भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ ।

नयाँ वर्षको अवसरमा क्षेत्रीय खेलकुद विकास समितिले नेपालगञ्ज रंगशालाबाट प्रभातफेरि निकालेको हो । रंगशालाबाट निस्केको प्रभातफेरिले नेपालगञ्ज बजार परिक्रमा गरेको छ । राष्ट्रिय झण्डा, ब्यानर बोकेका खेलाडी तथा प्रशिक्षक, खेलप्रेमीहरु सडकमा निस्किदा आठौँ राष्ट्रिय खेलकुदको प्रचार प्रसार भएको आयोजकले दाबी गरेका छन् ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले आठौंका लागि भौतिक पूर्वाधार, खेलाडी प्रशिक्षणसँगै प्रचार प्रसारको पाटोलाई पनि भव्यताका साथ अघि बढाएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed