![]()
नयाँदिल्ली,चैत ।
नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी) को आठौँ बैठक आज दोस्रो दिन पनि जारी छ । आज साँझ सम्पन्न हुने बैठकबाट १९५० को सन्धि, नेपाल–भारत सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत सबै विषयमा सहमति जुटाउने कोसिस भएको छ । इपिजीले सदस्यहरूको सानो टिम बनाएर अहिलेसम्म तयार प्रारम्भिक प्रतिवेदन टुंग्याउने जिम्मा दिँदैछ ।
दिल्लीबाट इपिजी नेपालका संयोजक डा. भेषबहादुर थापाले भनेः‘सबै विषयमा छलफल भइरहेको छ, विचारको आदान–प्रदान भइरहेको छ ।’ उनले यो बैठकबाट धेरै विषय टुंगिने पनि बताए । भारततर्फका संयोजक भगतसिंह कोस्यारीले पनि छलफल सकारात्मक रूपमा अघि बढेको प्रतिक्रिया दिए । दुई देशमा आलोपालो गरी बैठक बस्ने सहमति अनुसार यसपटकको बैठक भारतमा बसेको हो ।


