Breaking News.... EverestOnlineKhabar
October 3, 2026

प्रधानमन्त्रीले भोलि राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने,आज कर्णाली जाँदै

Loading

काठमाडौ,चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारामा भोलिदेखि सुरु हुने रारा पर्यटन वर्षको उद्घाटनका लागि आज कर्णाली जाँदैछन् । आज दिउँसो बागलुङको ढोरपाटन अवलोकन गरेपछि आज बेलुकी उनी डोल्पाको दुनै पुग्ने कार्यक्रम छ । कर्णाली प्रदेशले आयोजना गरेको रारा पर्यटन वर्षको प्रधानमन्त्री ओलीले भोलि उद्घाटन गर्नेछन् ।
त्यसअघि बिहान उनले राराबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले कर्णालीमा एक बालिकालाई विद्यालय भर्ना गर्ने तयारी पनि गरेका छन् ।देशबाट निरक्षरता उन्मूलनको लागि सबै जनप्रतिनिधिले जस्तै आफूले पनि एक बालिकालाई विद्यालय लगेर नाम लेखाउने प्रधानमन्त्रीले यसअघि नै घोषणा गरेका थिए ।
भर्ना अभियान प्रभावकारी बनाउन यसवर्ष प्रधानमन्त्री सहित मन्त्री, सांसद र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले बालबालिकालाई विद्यालय लगेर नाम लेखाउने कार्यक्रम तय भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed