Breaking News.... EverestOnlineKhabar
June 27, 2026

शेखर कोइरालाले खोले देउवाबिरुद्ध फायर : ‘पार्टीलाई गतिशिल बनाउन नेतृत्व परिवर्तन अनिवार्य ’

Loading

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनु भएको छ ।
सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले संगठन चलायमान हुन नसक्दा पार्टी ध्वस्त बनेकाले नेतृत्व परिवर्तन अवस्यम्भावि रहेको बताउनुभयो ।

‘दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन।’ सभापति शेरबहादुर देउवाप्रति कडा प्रतिक्रिया दिँदै कोइरालाले भन्नुभयो, ‘पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ। जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन।’

विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.