Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

बीबीसी । अमेरिकाको टेक्सस राज्यले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा मेक्सिकोसँगको सिमानामा नेशनल गार्डका सदस्यहरूलाई खटाउँदैछ । गार्डका एकजना प्रवक्ताले आगामी ७२ घण्टाभित्र गस्तीका लागि २५० जनालाई पठाइने बताए। एरिजोना राज्यले पनि आगामी हप्ता १५० जनालाई खटाउने योजना बनाएको छ।

राष्ट्रपति ट्रम्पले सीमामा प्रस्तावित पर्खालको निर्माण नहुञ्जेल सुरक्षा सुनिश्चित गर्न चार सय सशस्त्र फौज खटाउन चाहेको बताएका छन्।  न्यू मेक्सिको र क्यालिफोर्निया राज्यहरूलाई पनि टेक्सस र एजिरोजना जस्तै कदम चाल्न भनिएको छ। आप्रवासनविरोधी कडा कदम चाल्ने नीति अनुरूप ट्रम्पले शुक्रवार ’क्याच एण्ड रिलिज’ भनिने पक्रने र छाडिदिने अभ्यास अन्त्य गर्ने योजना पनि सार्वजनिक गरेका थिए।

ट्रम्प चाहन्छन, गैरकानूनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूलाई निकाला गर्ने वा नगर्ने विषयमा सुनुवाइ नहुञ्जेल उनीहरूलाई रिहा गर्नुको सट्टा थुनामा राखियोस्।

राष्ट्रपतिले आफ्नो योजना कार्यान्वयनमा खटिने सैनिक लगायतबारे विस्तृत विवरण समेत मागेका छन्। गैरकानूनी आप्रवासनको विरोधमा गत सात दिनमा ट्रम्पले थुप्रै ट्वीटहरू गरेका छन्। जसमा उनले डेमोक्र्याट्सहरू ’खुल्ला सीमा, लागुऔषध र अपराध’ चाहेको आरोप लगाएका छन्। उनले गैरकानूनी आप्रवासविरूद्ध कडा कानून ल्याउन रिपब्लिकनहरू ’अब पारमाणविक विकल्पमा जानुपर्ने’ ट्विटरमार्फत घोषणा समेत गरेका छन्।

राष्ट्रपति ट्रम्पले सीमामा गैरकानूनी आप्रवासीहरूको चहलपहल मेक्सिकोले नरोके उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता जोखिममा पर्न सक्ने चेतावनी पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed