Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

विराटनगर,चैत ।
मोरङको जहदा गाउँपालिका–१ की कौशल्या राजवंशी बाढीपीडित हुन्। साउनको बाढीले उनको सर्वस्व लग्यो। उनी पूर्णरूपमा प्रभावित बाढीपीडितको सूचीमा छिन्। तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने जनप्रतिनिधिलाई १० हजार रुपैयाँ घुस खुवाउनुपर्‍यो। कौशल्याले भनिन्ः‘बाढीले घरवारविहीन बनाएका हामीलाई सरकारले दिएको रकमको पनि कमिसन लगे।’
उनले दुई पटक गरी ५–५ हजार रुपैयाँका दरले वडा कार्यालयमा काम गर्ने हरिओम राजवंशीलाई १० हजार रकम बुझाएपछि मात्र राहत बापतको १५ हजार रुपैयाँ पाएको बताइन्। मागेको रकम नदिँदा आफूले राहत नपाएको गुनासो गर्दै सुमती देवीले भनिन्ः‘हरिओमले पैसा माग्दा नदिँदा नाम दर्ता नै गराएनन्।’
जहदा–१ मा धेरैसँग रकम लिएर बाढीपीडितको राहत लुट्ने काम भएको उनले गुनासो गरिन्। स्थानीय निर्जलादेवी राजवंशीले सुरुमै ५ हजार दिए १५ हजारको चेक दिने र बैंकबाट १५ हजार पाउनेबित्तिकै पाँच हजार लिने बताएपछि आफूले पैसा नदिँदा राहत नपाएको गुनासो गरिन्। उनले भनिन्ः‘हामीले पाउनुपर्ने राहतमा उनीहरूले भाग खोजेपछि हामी थप पीडामा परेका छौं।’
चन्दरी देवीले २ सय रुपैयाँ लिएर वडा कार्यालयका कर्मचारीले नाम लेखेर लगेको तर ५ हजार नदिँदा राहत नपाएको बताइन्। राजपा नेता ओमकार राजवंशी र वडासदस्य सरवरियाको सहयोगमा पूर्ण क्षति भएको विवरणमा रकम दिनेको नाम मात्र सिफारिस गरेको स्थानीयले आरोप लगाउँदै आएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed