Breaking News.... EverestOnlineKhabar
June 5, 2026

थ्रीस्टारद्वारा मदन भण्डारी गोल्डकपको फाइनल नखेल्ने चेतावनी

Loading

बुटबल,चैत ।
थ्रीस्टारले तेश्रो मदन भण्डारी गोल्डकपको फाइनल नखेल्ने चेतावनी दिएको छ । प्रतियोगितामा फुटबलको अन्तराष्ट्रिय नियम पालना नभएको भन्दै थ्रीस्टारका प्रशिक्षक मेगराज केसीले सोमबारको फाइनल नखेल्ने चेतावनी दिएका हुन् ।
हिजो सेमिफाइनल खेलेको थ्रीस्टारले सोमबारैै फाइनल खेल्नुपर्ने भएपछि थ्रीस्टारका प्रशिक्षक र खेलाडी रुष्ट भएका छन् । चैत १६ गतेको सेमिफाइनल हावाहुरीका कारण रोकिएपछि फाइनल मंगलबार मात्र खेलाउने गरी सेमिफाइनका खेल खेलाइएको तर आयोजकले दोश्रो सेमिफाइनल सकिएलगत्तै सोमबार नै फाइनल खेल्नुपर्ने भनेर दबाब दिएको प्रशिक्षक केसीले जनाए ।
आयोजकले फिफाको नियम उल्लंघन गरेको र पुरस्कार राशी बढाएर बाँकी नियम मान्नै नपर्ने जस्तो व्यवहार गरेको प्रशिक्षक केसीको आरोप छ । थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लब प्रतियोगिताको फाइनलमा पुगेका छन् । प्रशिक्षक र खेलाडी असन्तुष्ट भएपछि समस्या समाधान गर्न थ्रीस्टारका पदाधिकारी बुटवल जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed