Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्म स्थगित

Loading

काठमाडौ,चैत ।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनको शोकमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ ।
निर्वाचन समीक्षा गर्न भनेर यही चैत ९ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक शुरु भएको थियो ।
आइतबार बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित हुनेछ र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुनेछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेः‘स्वर्गीय खड्काप्रति सम्मान प्रकट गर्दै बैठक स्थगित हुनेछ ।’
निर्वाचन समीक्षाको क्रममा हालसम्म ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका खड्काको गत शुक्रबार दिल्लीको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed