Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाको जित…

Loading

एजेन्सी,चैत ।
पाहुना टोली अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट क्रिकेट घरेलु टोली दक्षिण अफ्रिकाले जितेको छ । बल टेम्परिङमा मुछिएको अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाले ३२२ रनले पराजित गरेको हो । केप टाउनमा जितका लागि घरेलु टोलीले दिएको ४३० रनको लक्ष्यसहित दोस्रो पारी थालेको अष्ट्रेलिया तेस्रो दिन आइतबार राती १०७ रनमा अलआउट भयो ।
दोस्रो पारीमा अष्ट्रेलियाका डेभिड वार्नरले ३२, क्यामरुन बेनक्राफ्टले २६ तथा मिचेल मार्शले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उलेख्य रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका मोर्ने मोर्कल एक्लैले ५ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले दोस्रो पारीमा ३७३ रन जोडेर अलआउट हुँदै अष्ट्रेलियालाई ४३० रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो । दक्षिण अफ्रीकाको लागि एडिन मार्क्रमले ८४, क्विन्टन डी ककले ६५ तथा एबी डी भिलियर्सले ६३ रन जोडे । यस्तै भेर्नोन पिलान्धरे ५२ रनमा अविजित रहे । अष्ट्रेलियाका जोस हाजलवुड, पाट कुमिन्स र नाथन लायनले समान ३ – ३ विकेट लिए ।
पहिलो पारीमा दक्षिण अफ्रिकाले ३११ रन बनाएको थियो । पहिलो पारीमा दक्षिण अफ्रिकाको लागि डीन इल्गरको १४१ रनको शतकीय पारी खेलेका थिए । अष्ट्रेलियाले पहिलो पारीमा २५५ रन जोडेको थियो ।
यो जितसँगै दक्षिण अफ्रीकाले चार खेलको टेष्ट सिरिजमा २ – १ ले अग्रता बनाएको छ । दुई टोलीबीचको अन्तिम तथा निर्णायक टेष्ट शुक्रबार हुनेछ । शुक्रबार हुने टेष्टमा अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ टोलीमा हुने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed