Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ईयूले हेप्न खोज्यो, प्रतिवेदन सच्याउन पर्छ : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यूरोपियन यूनियन (ईयू)ले हालै सार्वजनिक गरेको प्रतिवेदनले नेपाल र नेपालीलाई हेपेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले ईयूको प्रतिवेदनले नेपाललाई ‘अन्डरमाइन्ड’ गरेको बताउँदै तत्काल सो प्रतिवेदन सच्याउन ईयूलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘ईयूले आफ्नो प्रतिवेदन सच्याउला भन्ने लागेको थियो। तर झन् जिद्दीपन देखायो, म एउटा सार्वभौम देशको प्रधानमन्त्रीको नाताले भन्छु त्यो प्रतिवेदन सच्याउनु पर्छ ।’

पर्यवेक्षणको नाममा होस् या अन्य केही नाममा नेपालीहरुले हासिल गरेका उपलब्धीहरु र सामाजिक प्रबन्धहरुलाई अन्डरमाइन्ड हुने काम कहि कतैबाट हुन नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । ‘पर्यवेक्षणको नाममा धर्म प्रचार गर्न आएका कतिलाई हामीले फिर्ता पठाएका थियौं त्यसैको प्रतिशोध लिने काम ईयूबाट भएको छ,’ प्रधानमन्त्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed