Breaking News.... EverestOnlineKhabar
June 4, 2026

गाईको मासु खान पाउनुपर्ने अभिव्यक्ति दिएपछि प्रदेश ३ की उपसभामुख तामाङको सर्वत्र विरोध

Loading

नुवाकोट,चैत ।
गाईको मासु खान पाउने नियम बनाउनु पर्ने प्रदेश ३ की उपसभामुख राधिका तामाङको अभिव्यक्तिको सर्वत्र चर्को आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा उनको भनाइको विपक्षमा रहेर अभिव्यक्तिहरु आइरहेका छन्। उक्त भनाइको विरोधमा नुवाकोटको सदरमुकाम विदुरमा शनिबार साँझ मसाल जुलुस नै निकालिएको छ। तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यबाट प्रेरित रहेको भन्दै शनिबार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित प्रदर्शन गरेका हुन्। नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ र तरुण दल सहितका भातृ संस्थाहरुले शनिबार साँझ ढुँगेबजारदेखि सुरु गरेको मसाल जुलुस विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले धर्मको नाममा हिंसा भड्काउन उक्त अभिव्यक्ति आएको भन्दै त्यसलाई कांग्रेस र नेपाली जनताले कदापि स्विकार्य नसक्ने बताए । केसीले तामाङको अभिव्यत्तिले अबका दिनमा गाई र हिन्दु धर्म बचाउन मुस्किल पर्ने भन्दै सोको संरक्षणमा नेपाली कांग्रेस लाग्ने बताए। केसीले उपसभामुखको उक्त भनाईले आफुहरुलाई गम्भीर बनाएको भन्दै तत्काल क्षमा नमागे सशक्त भएर विरोधमा उत्रने चेतावनी दिए ।
त्यस्तै कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले माओवादीका केही नेताहरुले पनि सो अभिव्यक्ति उपसभामुख रााधिकाको मात्रै भएको भन्दै आफुहरुको पनि सर्मथन रहेको बताएको दावी गरे। विरोध कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, राप्रपाका जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटालगायतले उपसभामुख तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्दै जातीय र धार्मिक सद्भाव भड्काउने उद्धेश्यबाट प्रेरित रहेको आरोप लगाए।
प्रदेश ३ की उपसभामुख तामाङले गाईको मासु खाएको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जनालाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेको र गाईको मासु खान पाउने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी हुन्। उनी नुवाकोट क्षेत्र नम्बर १‘क’ बाट निर्वाचित सांसद हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed