Breaking News.... EverestOnlineKhabar
June 4, 2026

नेपालमा बर्षेनी ४५ हजार क्षयरोगी थपिदै, उपचारपछि ९० प्रतिशत निको हुने

Loading

काठमाडौं । ‘क्षयरोग बिनाको विश्वको लागि नेतृत्वको खोजी’ भन्ने नारासहित शनिवार नेपालसहित विश्वभर क्षयरोग दिवश मनाइएको छ ।
नेपालमा वार्षिक करीब ४५ हजार क्षयरोगका बिरामीहरु थपिने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । अहिले करीब ३२ हजारको राष्ट्रिय क्षयरोग केन्द्रमा नाम दर्ता भएको छ । लगभग १३ हजार बिरामी उपचारको मूलप्रवाहमा आएका छैनन् । क्षयरोगीहरुको उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ बर्ष हुने गरेको छ ।

सन् २०१६ सम्म ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लैजाने सरकारको लक्ष्य छ । सरकारले क्षयरोगको उपचार निःशुल्क गरेको छ भने सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत बढि फोक्सोकै क्षयरोग हुने गरेको छ ।

नियमित औषधी खाएमा ९० प्रतिशत क्षयरोग निको भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed