Breaking News.... EverestOnlineKhabar
June 5, 2026

पूर्व प्रधानमन्त्री खनालले गृह जिल्ला इलाममा जनतामाझ मनाए ६८औं जन्मदिवस

Loading

इलाम । एमाले वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले गृह जिल्ला इलाममा ६८औं जन्मदिवस मनाउनु भएको छ ।
बिराटनगर, झापाहुँदा गृह जिल्ला पुग्नु भएका नेता खनालले स्थानीय नेता, कार्यकर्ता, आफन्त र सर्वसाधारणबीच आफनो जन्म दिवस मनाउनु भएको हो । नेता खनालको जन्म दिन भन्ने थाहा पाएपछि पार्टीका नेता कार्यकर्ता तथा सर्वसाधारण पुष्पगुच्छासहित खनाललाई भेटन पुगेका थिए ।

जन्मदिनको उपलक्ष्यमा केक काटेर सबैलाई खुवाउँदै नेता खनालले बिभिन्न माध्यमबाट आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद दिनुभयो । उहाँले जनताको खुशी नै आफनो खुशी भएकाले सक्रिय राजनीतिमार्फत मुलुक र जनताको सेवा गर्ने इच्छा अझै प्रगाढ भएको धारणा राख्नुभयो । नेता खनालले स्थानीय जनताका मर्का, गुनासा र विकासका आवश्यकताबारे जानकारी लिन आफू पूर्वी जिल्लाको भ्रमणमा निस्किएको जानकारी दिंदै आफनो निर्वाचन क्षेत्रका जनताको आर्शिवाद आफना लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो ।
पछिल्लो समय कम्युनिष्ट नेताहरुमा धुमधामसंग जन्मदिन मनाउने चलन सुरु भएकाबेला नेता खनालले भने आफना कार्यकर्ता र शुभेच्छुकको मन राख्दै बिना तडकभडक जन्मदिन मनाउनु भएको हो ।

केही समयअघि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा लाखौं रकम खर्च गरी धुमधामसंग जन्मदिन मनाउनु भएको थियो । एमाले वरिष्ठ नेता माधव नेपालको जन्मदिनको उपलक्ष्यमा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै केक काटनु भएको थियो । प्रधानमन्त्री ओलीले नेता नेपालकै जन्मदिनको दिन बिद्या भण्डारीलाई पार्टीकातर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाएको निर्णय सुनाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed