Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पाइलट अभावका कारण निगमका विमान थन्किए,४१ पाइलट माग,११ मात्र निवेदन

Loading

काठमाडौ,चैत ।
विमान चालक (पाइलट) अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का साना विमान त्यतिकै थन्किएका छन् । निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् ।
नियमित व्यावसायिक उडानमा हुनुपर्ने विमानबाट उडान हुन् नसक्दा निगमलाई निकै ठूलो आर्थिक भार पर्न गएको छ । पाइलट अभावले उडान भर्न नसकेका विमानलाई नियमित सेवामा लैजान आवश्यक तयारी भइरहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । पाइलट अभावले निगम चीनबाटै पाइलट ल्याउने तयारीमा रहेको भए पनि सेवा सुविधाबारे कुरा मिलिनसकेकाले अझै छलफल चलिरहेको छ ।
निगमसँग अहिले चिनियाँ जहाज उडाउन सक्ने पाइलट एकजना मात्रै रहेकामा उनी पनि विरामी भएपछि एक सातादेखि चार चिनियाँ जहाज उड्न सकेका छैनन् ।
यसअघि पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएका वाई १२ एक साता यतादेखि पाइलट अभावका कारण उडान नगरी बसेका छन् । झण्डै एक महिना अघि भित्रिएका थप दुई चिनियाँ वाई–१२ का लागि पाइलट अभाव रहेको निगमको भनाइ छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको थियो ।
अहिले निगमसँग चार वाई १२ सहित आन्तरिक उडानमा आठवटा जहाज छन् । निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।
निगमले अबको तीन महिनाभित्र थप दुई वाइड बढी विमान अन्तर्राष्ट्रिय उडानका लागि भित्र्याउँदैछ । हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ एसिबी–५७५ र दुई एयरवस ए–३२० विमानबाट अन्तर्राष्ट्रिय उडान निगमले भर्दै आएको छ । आगामी असारको दोस्रो साता (जुनभित्र) वाइड बढी विमान नेपाल भित्रिने निगमका महाप्रबन्धक कंसाकारले बताए ।
निगमले बढीमा दुई वर्षसम्मका लागि एयरबस ३३० का लागि छ जना पाइलट माग गरेको छ । त्यस्तै एयरबस ३२० का लागि दुई वर्षसम्म चार जना पाइलट, बोइङ ७५७ का लागि छ महिनादेखि एक वर्षसम्म छ जना पाइलटको आवेदन माग गरेको छ । अन्तर्राष्ट्रिय उडानबाहेक आन्तरिक उडानका लागि पनि निगमले करारमा पाइलट माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed