Breaking News.... EverestOnlineKhabar
June 5, 2026

इंग्लिस प्रिमियर लिगःसलाहको चार गोलको मद्धतले लिभरपुलको फराकिलो जित

Loading

एजेन्सी,चैत ।
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ५ – ० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहमद सलाह एक्लैले चार गोल गरे । त्यस्तै एक गोल रोबर्टो फिर्मिन्होले गरेका थिए । वाट्फोर्ड्विरुद्ध फराकिलो जित निकाल्न लिभरपुलले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।
एनफिल्डमा सलाहको गोलबाट लिभरपुलले खेलको चौथो मिनेटमा नै सुरुवाती अग्रता बनाएको थियो । खेलको ४३ औं मिनेटमा सलाहले व्यकिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा लिभरपुल २ – ० ले अघि रह्यो । खेलको ४९ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३ – ० को अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा सलाहले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको ८५ औं मिनेटमा सलाहले व्यक्तिगत चौथो गोल गरेपछि लिभरपुलले ५ – ० को फराकिलो जित निकाल्यो ।
यो जितसँगै लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ३१ खेलबाट ६३ अंक जोडेको छ । पराजित वाट्फोर्ड ३६ अंक जोडेर लिगको ११ औं स्थानमा छ । लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड रहेको छ । इन्ग्लिश प्रिमियर लिग अन्तर्गत नै शनिबार राति एभर्टनले स्टोक सिटीलाई २ – १ ले पराजित गरेको छ । त्यस्तै क्रिस्टल प्यालेसले हडर्स्फिल्ड टाउनलाई २ – ० ले पराजित गर्दा बर्नेमाउथले वेष्ट बु्रमलाई २ – १ ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed