Breaking News.... EverestOnlineKhabar
June 5, 2026

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बिस्तारको तयारीमा, फोरम पनि सरकारमा जाने

Loading

काठमाडौ,चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । संघीय समाजवादी फोरमलाई समेत समेटेर मन्त्रिपरिषद बिस्तारको तयारी गरिएको हो । फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको स्रोतले जनाएको छ । तर मन्त्रालयको टुंगो लागिसकेको छैन । फोरमले तीनवटा मन्त्रालय दावी गरे पनि दुईवटा पाउने सम्भावना छ ।
फोरमका एक जना नेताले भनेः‘सरकारमा जाने निर्णय त पार्टीले गरिसक्यो तर, कहिले जाने, को–को जाने भन्ने कुरा टुंगो लागिसकेको छैन ।’ राजपालाई पनि सरकारमा ल्याउने गृहकार्य भइरहे पनि राजपाले भने निर्णय गरिसकेको छैन ।
गत फागुन ३ गते ओलीले प्रधानमन्त्रीको शपथ लिएका थिए । हाल ओली नेतृत्वको मन्त्रिपरिषद सात सदस्यीय छ । मन्त्रालयको संख्या १८ वटा कायम गरिएकाले अझै ११ मन्त्री थप्नुपर्ने छ । तर, बिहीबारको मन्त्रिपरिषद बैठकमा मन्त्रालयको संख्या थप्ने विषयमा छलफल पनि भएको थियो ।
ओलीले फोरमसँगै एमाले, माओवादीबाट पनि मन्त्री थप्दै सरकारलाई पूर्णता दिने तयारी गरेको नेताहरुले बताएका छन् । माओवादी प्रवक्ता पम्फा भुसालले बिहीबार प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलअनुसार आज मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed