Breaking News.... EverestOnlineKhabar
June 5, 2026

तिलोत्तमा गोल्डकपमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदै

Loading

रुपन्देही,फागुन ।
बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । आज पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही ११ ले विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
नवलपरासी ११ लाई हराएर रुपन्देही ११ र अर्को विभागिय टोली सशस्त्रको एपिएफलाई हराएर नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका हुन् ।
खेल दिउँसो साढे २ बजे एन्फा एकेडेमी बुटवल देबिनगरमा हुनेछ । मंगलबार भएको अन्तिम क्वार्टर फाइनलमा नेपाल आर्मीको दोश्रो रोजाईको टोलीलाई ३–० ले हराउँदै मनाङ मस्याङदी क्लबले सेमिफाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed