![]()
काठमाडौं । सर्वोच्च अदालतका ६ न्यायाधीशले प्रधानन्यायाधीशले तोकेको इजलासमा बस्न अस्वीकार गरेका छन् ।
न्यायाधीश चालेन्द्रशम्शेर जबराले नै प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरेको दोस्रो दिन थप ६ न्यायाधीशले पनि इजलासमा बस्न नमानेका हुन ।
मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका हुन् । कार्की र मल्लको इजलास ८, श्रेष्ठ र सिन्हाको ९ र खतिवडा र भट्टराईको इजलास नम्बर १० थियो ।


