![]()
–कविता शर्मा–
कतै गोष्ठीको सल्लाह चल्दै थियो
कतै पर….
नारिको लास जल्दै थियो
गोष्ठीका आयोजक थिएनन् मलामीमा
ती सु—सुचित थिएनन् दर्दनाक चित्रसंग
कोहि मर्नुआफैमा स्वभाबिक समाचार तर उनी जल्नुसगै जल्दै थियो
उनले जीवन बाचेको काठ परालको घर
घर भित्रबाट सुत्केरी क्षण भर आघी बाहिरिएको सूचना थिएन गोष्ठीका आयोजकलाई
न तिनलाई थाहा थियो जल्दै गरेको घर भित्र मस्त निदाएकी थिइन् केही दिनकी बालिका
गोष्ठीको सल्लाह चल्दै थियो
एउटा ब्याज,ब्यानर,साउन्ड,सिस्टम,प्रमुख अतिथि
अनि बक्ताहरु
अर्थात नारी दिवस
नारी दिवसमा नारीको सम्मानमा गरिने तयारी
बज्यो टेलिफोनको घण्टी किर किर…..
घण्टीले ल्याएको खबरसंगै छायो सन्नाटा
अतिथिलाई लगाउने ब्याज बदलियो
मानो चामलमा आठ मार्चको प्रतीक्षा नै बदलियो
जन्मियो प्रश्न कुनै नारीको सेवा गर्न
कुनै पर्छ र आठ मार्च….?
साउण्ड सिस्टमको खर्च जस्ता पाताको खरिदमा पुग्यो
हल सम्मान पत्र अतिथिको मायाको चिनो पत्राचारका सबै खर्च पुग्यो
उनै पीडितको घर खर्च धान्न
भो छोडी गोष्ठी…..
नारी दिवसका बारे फेरी भाषण गर्दै गरौँला हामी
तर अहिले चै छानोको न्यानो मुनि सुतुन ती सुत्केरी
हेलो आठ मार्च
हामी तिनै स्पिरिटमा छौ
त्यो दिन संकल्प गरौला र गर्ने नै छौ
हो र आठ मार्च आउदा दिन संकल्प गर्ने नै दिन हो
अनि सेवा गर्ने दिनहरु हुन बाँकी सबै दिनहरु
त्यसैले माफ गर आठ मार्च
यो पटक तिम्रो उत्सबमा छुट्याएको खर्च कसैको सोकमा पो खर्चियौ हामिले……


