![]()
काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । मंगलबार बिहान बसेको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सहअध्यक्ष श्रेष्ठका अनुसार छिट्टै दलको बैठक बसेर सरकारमा जाने मन्त्रीहरुको नाम टुङगो लगाइने छ । संविधान संशोधनमा ओली सरकारको प्रतिवद्धा आएपछि फोरम सरकारमा सहभागि हुने निर्णयमा पुगेको श्रेष्ठले बताउनुभयो ।
सरकारले फोरम अध्यक्ष उपेन्द्र यादवका लागि भनेर परराष्ट्र मन्त्रालय खाली गरेको छ । फोरमकातर्फबाट यादवले नै सरकारको प्रतिनिधित्व गर्नुहुनेछ ।


