Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एमालेमा राष्ट्रपतिको उम्मेद्वार छनोटको औपचारिक बहस सुरुःस्थायी कमिटीमा पनि खनालकै पल्ला भारी

Loading

काठमाडौ,फागुन ।
आज अपरान्ह प्रधानमन्त्री निवाश बालुवाटारमा बस्न लागेको स्थायी कमिटी बैठकले भावी राष्ट्रपतिको उम्मेद्वार टुङ्गो लाग्ने एमाले नेताहरुले जनाएका छन् । वामगठबनधनमा भएको भागबण्डा अनुसार नेकपा एमालेले राष्ट्रपति पाएको थियो । राष्ट्रपतिको लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनाल आकांक्षी छन् । एमालेभित्र अध्यक्ष केपी ओली पक्ष वर्तमान राष्ट्रपति भण्डारीलाई निरन्तरता दिने पक्षमा छ भने वरिष्ठ नेता द्धय झलनाथ खनाल,माधवकुमार नेपाल,बरिष्ठ उपाध्यक्ष वामदेव गौतम लगायतका पक्षहरु पूर्वप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा छन् ।

पछिल्लो समय वर्तमान राष्ट्रपति भण्डारीलाई निरन्तरता दिनुपर्ने अध्यक्ष ओली पक्ष कमजोर बन्दै गएको छ भने बरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउनुपर्ने पक्षधर निकै बलियो बनेको छ । त्यसो त बरिष्ठ नेता माधवकुमार नेपाल र बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पक्ष नेताहरु पार्टीका पूर्वअध्यक्ष समेत रहनुभएका बरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउन तिव्र लबिङ गरिरहेका छन् । राष्ट्रपतिको उम्मेद्वार टुङ्गो लगाउन आज बस्न लागेको स्थायी कमिटीमा पनि नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्ने पक्षधरको बहुमत छ ।
एमालेमा २७ सदस्यीय स्थायी कमिटी छ । तर, २२ जनाले मात्र मतदान गर्न पाउनेछन् । ४ जना आमन्त्रित सदस्य र एक पदेन सदस्यको मताधिकार छैन् । त्यसका अतिरिक्त अध्यक्ष केपी ओलीले मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने विधानतः व्यवस्था छ ।
वरिष्ठ नेता माधव नेपाल र वामदेव गौतमले बरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउन पहल गर्ने सहमति गरिसकेका छन् । पार्टी महाधिवेशनताका ओली खेमामा लागेका उपाध्यक्ष वामदेव गौतम र उनी पक्ष नेताहरु भने झलनाथलाई राष्ट्रपति बनाउन मरिमेटी लागेका छन् । उपाध्यक्षद्वय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, किरण गुरुङ स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे खनालको पक्षमा खुलेर लागेका छन् ।
यता भण्डारीलाई निरन्तरता दिनुपर्ने पक्षमा महासचिव ईश्वर पोखरेल, उमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, शंकर पोखरेल, सत्यनारायण मण्डल छन् । स्थायी कमिटीद्धय छविलाल विश्वकर्मा र मुकुन्द न्यौपाने भने अहिलेसम्म कसैको पक्षमा खुलेर लागेका छैनन् । त्यसबाहेक पार्टी उपाध्यक्ष भीम रावलले पनि सार्वजनिक रुपमा कसैको पक्षमा खुलेका छैनन् तर एमाले स्रोतका अनुसार अन्तिम समयमा नेता रावलले पनि वरिष्ठ नेता खनाललाई नै समर्थन गर्ने मनसाय बनाएका छन् । महाधिवेशनताका नेता नेपाल समूहमा रहेका रावल तत्पश्चात भने तटस्थ देखिँदै आएका छन् ।
स्थायी कमिटी सदस्यबाहिर पनि राष्ट्रपति उम्मेद्वार बनाउने पक्ष र विपक्षमा लविङ्तिव्र भईरहेको छ । प्रभावशाली युवा नेताहरु झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ् गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed