![]()
काठमाडौ,फागुन ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारसंग कडा रुपमा प्रस्तुत हुने रणनीति लिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत देखाएका छन् ।
पार्टी संसदीय दलको नेता चयन भएलगत्तै देउवाले सरकारको आलोचना गरे । संसदीय प्रणालीमा विपक्षीले सरकारको १०० दिन दिन्छ । यसलाई सरकारको हनिमुन डे समेत भनिन्छ ।
तर, घुमाउरो भाषामा ओली सरकारलाई हनिमुन डे मनाउन नदिने भन्दै देउवाले भनेः‘तर, ओलीजीको सरकारले १०० हेरौं भन्ने पनि ठाउँ नै दिएको छैन । सुरुमा धेरै ठूलो हस्तक्षेप गरेकाले प्रतिपक्षको भूमिकामा कडासँगै निर्वाह गछौं ।’
उनको संकेत आफ्नो सरकारले राष्ट्रियसभा सदस्यमा गरेको सिफारिस उल्टाएकोमा थियो । सोमबार भएको चुनावमा प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै देउवा कांग्रेस संसदीय दलको नेता चुनिएका थिए ।


