![]()
एजेन्सी । विश्वकप छनोटको पहिलो खेलमा आयोजक जिम्बाब्वेले नेपाललाई ३८१ रनको बिशाल लक्ष्य दिएको छ ।
सन् २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको सबैभन्दा ठूलो लक्ष्य हो । २००९ मा यूएईले डेनमार्क्विरुद्ध ३८९ रन बनाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । उसका लागि ब्रेन्डन डेलर र सिकन्दर राजाले शतक हाने । टेलरले १०० र सिकिन्दरले १२३ रन बनाए ।
नेपालका सोमपाल कामीले २, बसन्त रेग्मीले २, सन्दिप लामिछानेले १ र ललित राजवंशीले एक विकेट लिए । नेपालका सबै बलर महङ्गा सावित भए ।


