Breaking News.... EverestOnlineKhabar
August 12, 2026

सुनुवाई स्थगित भएपछि राष्ट्रियसभाका ३ सदस्य शपथ लिनबाट वञ्चित

Loading

काठमाडौं । राष्ट्रियसभा सदस्यमा केपी ओली सरकारद्वारा सिफारिस गरिएका तीन सदस्य शपथ ग्रहण गर्नबाट वञ्चित भएका छन । ओली सरकारद्वारा सिफारिस भएर राष्ट्रपतिबाट मनोनित पनि भएका सदस्यहरु डा युवराज खतिवडा, रामनारायण बिडारी र डा विमला पौडेलको सुनुवाइ स्थगित भएपछि उनीहरु शपथ लिनबाट वञ्चित भएका हुन ।

निवेदक पक्षका अधिवक्ता बाबुराम जोशीले सर्वोच्चका न्यायाधीश प्रकाश राउतको इजलासले अन्तरकालीन आदेश जारी गरेकाले उनैले फेरि मुद्दा फेर्न नमिल्ने कुरा उठाएपछि इजलास स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । राष्ट्रियसभा सदस्यमा मनोनित भएका तीनजनाको मुद्दा सुनुवाइका लागि न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाश रावतको इजलास तोकिएको थियो।

विवाद अदालतमा पुगेपछि फागुन १३ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित तीनैजनाको शपथ तत्कालका लागि रोक्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed