Breaking News.... EverestOnlineKhabar
June 4, 2026

चिनियाँ बैज्ञानिकहरुद्वारा ‘हाइपरसोनिक’ विमानको नयाँ खाका प्रस्तुत

Loading

बीबीसी । चिनियाँ अनुसन्धानकर्ताहरूले ’हाइपरसोनिक’ अर्थात् ध्वनिको तुलनामा पाँच गुणाभन्दा पनि बढी गति भएको विमानको नयाँ खाका प्रस्तुत गरेका छन्।

उक्त परिकल्पना साकार भए बेइजिङबाट न्यू योर्कको यात्रा केही घण्टामै पूरा गर्न सकिनेछ। अहिले त्यो यात्रा गर्न १४ घण्टा लाग्छ।
’हाइपरसोनिक’ उडानसम्बन्धी खोज आफैंमा नयाँ होइन तर यो सामान्यतया सैनिक उपयोगितामा केन्द्रित रहन्छ जहाँ अनुसन्धानका लागि धेरै रकम छ।

ध्वनिभन्दा पाँच गुणा बढी गति भएको विमान के व्यापारिक रूपमा उपयोगी होला साथै त्यसले प्रशान्त महासागर वारपार दुई घण्टामै यात्रु बोक्न सक्ला भन्ने जस्ता प्रश्नहरू उब्जिएका छन्।

असाध्यै तीव्र गतिमा उड्ने विमानको गति नाप्नका लागि ध्वनिलाई आधार मानिन्छ। सबसोनिक—ध्वनिको गतिभन्दा कम गति भएकालाई सबसोनिक भनिन्छ जस्तैः अहिलेका यात्रुवाहक विमानहरू।

सुपरसोनिक—ध्वनिको गतिभन्दा तीव्र सुपरसोनिक हो। त्यो गति ध्वनिको पाँच गुणासम्म हुनसक्छ। उदाहरणका लागि कनकोर्ड विमान जुन अमेरिकाबाट युरोप आउजाउ गर्न प्रयोग भयो। सन् १९७६ बाट उडान गरेको उक्त विमान सन् २००३ मा बन्द भयो।

हाइपरसोनिक—ध्वनिको गतिको तुलनामा पाँच गुणाभन्दा पनि बढी गति हुनु भनेको हाइपरसोनिक हो। हाल परीक्षणमा रहेका केही साना साधन मात्रै यो समूहमा पर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed