Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ट्रम्पकी संचार निर्देशकले पदबाट राजीनामा दिने निश्चित

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सर्वा्धिक समय काम गर्नेमध्येकी एक सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेकी छन्।

एउटा विज्ञप्तिमा उनले आफूले ट्रम्पलाई कुनै पनि शब्दमा धन्यवाद व्यक्त गर्न नसक्ने बताइन्। ह्वाइट हाउसले एउटा संसदीय समितिमा प्रमाण उपलब्ध गराउने क्रममा उनले राष्ट्रपति ट्रम्पको पक्षमा झुटो बोलेको स्वीकार गरेका विवरणसँग उक्त राजीनामा नजोडिएको प्रतिक्रिया दिएको छ।

राष्ट्रपति ट्रम्पले उनलाई साँच्चिकै असल मानिस भन्दै उनको अभाव खट्किने बताएका छन्। २९ वर्षीया होप हिक्स पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुन्।

हिक्सले आफ्ना सहकर्मीहरूलाई आफूले ह्वाइट हाउसमा गर्नुपर्ने सबैथोक सम्पन्न गरेको बताएको विवरणहरूमा जनाइएको छ। उनी ह्वाइट हाउसकी सञ्चार निर्देशकको रुपमा काम गर्ने चौथो व्यक्ति थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed