Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पाकिस्तानले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिने

Loading

एजेन्सी । पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने भएको छ।

पाकिस्तानको संसदले देशका विभिन्न शैक्षिक संस्थाहरूमा चिनियाँ भाषाको पाठ्यक्रम राख्ने प्रस्ताव गरेको छ। पाकिस्तानी सञ्चार माध्यम ‘अब तकका अनुसार पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको होे।
चीन र पाकिस्तान भौगोलिक रूपमा एक आपसमा जोडिएका कारण भाषिक अवरोध समाधानका लागि पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो।

चीनले सीपक परियोजना मार्फत् पाकिस्तानमा करिब ६२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । भारतले पाकिस्तानको उक्त निर्णयलाई पाकिस्तान र चीनको सम्बन्धमा प्रगाढता बढ्ने आकंलन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed