![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । एमालेका दुई र माओवादी केन्द्रका दुई गरी चार मन्त्री थपेपनि मन्त्रिपरिषद्लाई पूर्णता दिने उहाँको प्रयास भने सफल हुन सकेन ।
थपिएका चार मन्त्रीमा माओवादी नेता रामबहादुर थापा गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व उनले नै गरेका छन ।
माओवादीबाट मात्रिका यादव उद्योग मन्त्री बनेका छन् ।
यस्तै पूर्व गभर्नर युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । खतिवडालाई मन्त्री बनाउन राष्ट्रियसभा सदस्य मनोनित गरिएको थियो । तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत उनको शपथ रोकेको छ । मन्त्री बनेको ६ महिना भित्र उनले राष्ट्रियसभा सदस्य भैसक्नुपर्ने छ ।
एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षा मन्त्री बनेका छन । उपप्रधान तथा अर्थ मन्त्रालयको आकांक्षी रहेका पोखरेल अन्तिम समयमा रक्षा मन्त्रीमा सिमित भएका हुन ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका छन । अब मन्त्रिपरिषद्सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको शपथकै दिन मन्त्री नियुक्त भएका थिए ।


