Breaking News.... EverestOnlineKhabar
June 26, 2026

रातो कार्पेटमा टेकेर नमस्ते मात्रै खाने राष्ट्रपतिको काम हैन – खनाल

Loading

काठमाडौं ।  नेकपा एमाले भित्र राष्ट्रपती को बन्ने भन्ने बिषयले प्रबेश नपाउँदै पार्टी पंक्ती दुई समुहमा बिभक्त भै सकेको छ । विद्या भण्डारीको विकल्पमा एमालेभित्र राष्ट्रपतिका लागि दुई इलामे नेताको चर्चा थियो । झलनाथ खनाल र सुवास नेम्वाङ ।  पार्टी नेतृत्वको मूड बुझेर हुन सक्छ, नेम्वाङ राष्ट्रपतिको दौडबाट बाहिरिइसकेका छन् । नत्र, केपी ओलीले झलनाथ र सुवास नेम्वाङ मध्ये एक छान्नुपर्दा नेम्वाङलाई नै राष्ट्रपतिमा अघि सार्ने निश्चित थियो ।

एमाले भित्र मात्र हैन  माओवादी केन्द्र मा पनि समस्या छ । अहिलेकै राष्ट्रपती र उपरास्ट्रपती दोहोर्याउने कि बिकल्पको खोजी गर्ने भनेर । दुवै पार्टीका अध्यक्षहरु विद्या भण्डारी र नन्दवहादुर पुनलाई निरन्तरता दिन चाहान्छन् ।

तर एमाले मा भने बिकल्पको खोजी गरिनु पर्छ भन्ने मत बलियो रहेको छ । पछील्लो समय बामदेब गौतम समेत निरन्तरताको बिपक्षमा रहेको बुझिएको छ ।  केपी ओली र माधव नेपालको निकटता विद्या भण्डारीकै निरन्तरताको वातावरण बनाउनका लागि भएको अनुमानसमेत गर्न थालिएको छ ।  यद्यपि एमालेको स्थायी कमिटीमा भने झलनाथ खनालको पक्षमा पल्ला भारी हुने दाबी खनालनिकट नेताहरुको छ ।   बामदेव गौतमले खनालजत्तिको नेताले राष्ट्रपतिमा इच्छा व्यक्त गर्दा दिनुपर्ने धारणा भित्रीरुमा व्यक्त गरेका छन् । माधव नेपालले साथ दिएको खण्डमा एमाले स्थायी कमिटीमा खनालको पक्षमा बहुमत पुग्न सक्छ । तर, एमालेमा राष्ट्रपतिको उम्मेदवार स्थायी कमिटीमा टाउको गनेर तय गरिने सम्भावना छैन ।

पछील्लो समय झलनाथ खनालले राष्ट्रपती बन्ने चाहना मात्र हैन आफ्नो पक्ष बाट बलियो लबिङ समेत सुरु गरिसकेका छन । उनले बारम्बार संवैधानिक राष्ट्रपति एकपटक भन्दा दोहोर्‍याउन नहुने तर्कसमेत गरिरहेका छन् । हामी सँग कुरा गर्दै उनी निकट एक नेताले भने गणतन्त्रमा संवैधानिक राष्ट्रपति दोहोर्‍याउनुहुँदैन । कार्यकारी राष्ट्रपति दोहोरिन सक्छ, तर त्यसको पनि निश्चित अवधि तोकिएको हुन्छ । अमेरिकामा राष्ट्रपति  दुई पटकभन्दा हुन पाउँदैन । चीनमा पनि त्यही अभ्यास भइरहेको हो ।

एमाले भित्र राष्ट्रपतिको बिबाद अहिले सतह मै देखिन थालेको छ । हिजो आज हरेक जसो कार्यक्रममा सोही बिषयले प्रबेस पाउन थालेको छ । तपाईं नै राष्ट्रपती किन भन्ने हाम्रो प्रश्नमा झलनाथ खनालले संविधान पालना गराउने, ठीक बेठीक भएको हेर्ने र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा देशको अभिभावकत्व गर्नुपर्ने महत्वपूर्ण दायित्व राष्ट्रपतिको हो । रातो कार्पेटमा टेकेर हिँडेपछि नमस्ते मात्रै खाने, आफूलाई जनताबाट अलग गर्ने पद होइन । तर, हाम्रोमा शुरुदेखि नै नराम्रो अभ्यास भयो । उक्त गलत अभ्यासलाई ठीक ढंगले सही मार्गमा हिंडाउन आफु राष्ट्रपती बन्न लागेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed