Breaking News.... EverestOnlineKhabar
September 30, 2026

एपीएफले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी

Loading

कैलाली । सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीे जितेको छ । धनगढीमा आयोजित प्रतियोगिताको फाइनलमा एपीएफले पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै उपाधी कब्जा गरेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाउँदै ६० रन मात्रै जोड्न सक्यो । एपीएफका लागि कसिलो बलिङ गरेका रेखा रावल, करुणा भन्डारी, सीता राना मगर, रीतु कनोजीया र अन्जली चन्दले १र१ विकेट लिए ।
जवाफमा ६१ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा र्गयो । एपीएफको जितमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिइन् ।

विजेता एपीएफले ५ र उपविजेता पूर्वाञ्चलले २ लाख पुरस्कार प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed