Breaking News.... EverestOnlineKhabar
August 13, 2026

अमेरिकामा राइफलमा प्रयोग गरिने उपकरणमा प्रतिबन्ध

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राइफलबाट स्वचालित रूपमा धेरै गोली प्रहार गर्न प्रयोग गरिने सबै उपकरणमाथि प्रतिबन्ध लगाउने नियम चाँडै ल्याइन सक्ने बताएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै उनले कानून मन्त्रालयलाई त्यसबारे कानून बनाउन निर्देशन दिएको बताए। ‘बम्प स्टक्स’ नामक उक्त उपकरण गएको अक्टोबरमा ५८ जना मारिने गरी लास भेगसमा भएका गोलीकाण्डका बन्दुकधारीले प्रयोग गरेका थिए।

उक्त प्रतिबन्धलाई बन्दुकको स्वामित्व नियन्त्रणका दिशामा ट्रम्पले ल्याएको पहिलो ठोस नीतिगत प्रस्तावका रूपमा हेरिएको छ।
बम्प स्टक्स नामक उपकरणको प्रयोग गरेपछि अर्ध स्वचालित राइफलबाट समेत मसिन गनकै रफ्तारमा गोली चलाउन सकिन्छ।
अपराधिक पृष्ठभूमिको समेत जाँच नगरी उक्त उपकरण करिव १ सय डलरमा खरिद गर्न सकिन्छ।

गएको अक्टोबरमा लास भेगस कन्सर्टका हमलाकारीले उक्त उपकरण खरिद गरी भिडमा अन्धाधुन्ध गोली चलाएका थिए।
सुरक्षा निकायहरूको सम्मानमा आयोजित कार्यक्रममा ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बम्प स्टक्सलाई गैरकानूनी घोषणा गर्ने नयाँ निर्दे्शिका तयार पार्न निर्देशन दिएको सुनाए। उनले विद्यालयको सुरक्षा आफ्नो प्रशासनको उच्च प्राथमिकता भएको पनि उल्लेख गरेका छन् ।

अघिल्लो हप्ता फ्लोरिडाको एउटा विद्यालयमा १७ जनाको ज्यान लिने गरी भएको गोलीकाण्डपछि अमेरिकामा बन्दुकको स्वामित्व नियन्त्रण गरिनुपर्ने बारे ताजा बहस शुरू भएको हो।

अहिलेको प्रश्न ट्रम्पको कदमले पार्कल्याण्ड फ्लोरिडामा भएको गोलीकाण्डपछि सिर्जित दवाबबाट ट्रम्पलाई कति मुक्ति दिनेछ भन्ने हो। यदि विगतलाई हेर्ने हो भने चासो विस्तारै कम हुँदै जानेछ र कानून मस्यौदा गर्ने प्रक्रिया पनि विस्तारै अघि बढाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed