Breaking News.... EverestOnlineKhabar
May 11, 2026

विगानसंग हारेपछि म्यानचेस्टर सिटी एफए कपबाट बाहिरियो

Loading

एजेन्सी । इंग्लिश प्रिमियर लिग लिडर म्यानचेस्टर सीटीइ एफ कप फुटबलको पाँचौ चरणबाट बाहिरिएको छ । विगान एथलेटिक्ससँग १–० ले पराजित भएसंगै सीटी प्रतियोगिताबाट बाहिरिएको हो ।

घरेलु मैदानमा विगानलाई जित दिलाउन विल ग्रिगले निर्णायक गोल गरेका थिए । दोस्रो हाफ १० खेलाडीमा सिमित बनेको सीटीबिरुद्ध खेलको ७९ औं मिनेटमा ग्रिगले निर्णायक गोल गरेका थिए । एफए कपमा यो सिजन ग्रिगको यो सातौं गोल हो । पहिलो हाफको इन्जुरी समयमा फाबियन डेल्फ रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि सिटीमा १० खेलाडीमा सीमित भएको थियो ।

सीटीलाई स्तब्ध बनाएर क्वाटरफाइनलमा स्थान बनाएको विगानले अब सेमिफाइनल प्रवेशको लागि साउथह्यामटनसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.