Breaking News.... EverestOnlineKhabar
May 11, 2026

सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेपछि कांग्रेस रुष्ठ

Loading

काठमाडौं । नेपाली कांग्रेसले बर्तमान सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेपछि गम्भीर आपत्ति जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम फिर्ता लिइ मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेपछि कांग्रेस आक्रोशित भएको हो ।

पार्टि कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता बिश्वप्रकाश शर्माले भने–सरकारले बिनातर्क राष्ट्रियसभा सदस्यमा नयाँ नाम पठाएको छ , यसअघिको सरकारले गरेको निर्णय उल्ट्याइएको छ, यसले सत्ता र प्रतिपक्षबीच दुरी बढाउँछ । ’

मंगलबार मन्त्रिपरिषद्को बैठकले डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो । तीनैजना राष्ट्रपतिबाट मनोनित भइसकेका छन् ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा सातै प्रदेशबाट आठ जनाका दरले ५६ जना सदस्य यसअघि माघ २४ गते भएको निर्वाचनबाट निर्वा्चित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.