Breaking News.... EverestOnlineKhabar
May 11, 2026

ओली र प्रचण्डलाई सह–अध्यक्ष राख्न सकिन्छ : माधव नेपाल

Loading

रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सह–अध्यक्ष मानेर पार्टी एकता गर्न सकिने बताउनु भएको छ ।

रौतहटको गौरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता नेपालले पार्टी एकीकरण पछि दुई जना अध्यक्ष बन्ने अवस्था आए पनि दुवै जनालाई सहअध्यक्ष राख्न सकिने धारणा राख्नुभयो । अन्य देशमा यस्तो अभ्यास रहेको बताउदै उहाँले दुवै जनालाई अवधि तोकेर पार्टी सञ्चालनको जिम्मा दिन सकिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले आलोपालो गरेर प्रधानमन्त्री चलाउने कुराको भने बिरोध गर्नुभयो । उहाँले ओली र दाहालबीच प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै यो नसुहाउने कुरा भएको बताउनुभयो । एउटै पार्टी भएपछि आलोपालोको कुरा गर्नु उचित नहुने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.