Breaking News.... EverestOnlineKhabar
June 4, 2026

मध्यरातमा प्रधानमन्त्री ओलीलाई मोदीको फोनःभारतमा स्वागत गर्न आतुर

Loading

काठमाडौ,फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । मोदीले ओली प्रधानमन्त्री हुनासाथ अर्थात बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएको ओलीका प्रेस संयोजन चेतन अधिकारीले जानकारी दिए ।

यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन् । टेलिफोन संवादमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आफूलाई बधाइ तथा शुभकामना व्यक्त गरेकोमा धन्यवाद दिँदै आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि बताएका थिए ।
मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed