Breaking News.... EverestOnlineKhabar
June 27, 2026

विद्यालयबाट निकालिएका पूर्वविद्यार्थीले गोली चलाउँदा अमेरिकामा १७ जनाको मृत्यु

Loading

एजेन्सी,फागुन ।
अमेरिकाको फ्लोरिडा राज्यमा एक स्कूलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको जनाइएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार निकोलस क्रुजले गोली हानेका थिए । उनी उक्त विद्यालयबाट निकालिएका पूर्व विद्यार्थीसमेत हुन् । विद्यालयमा रहेका विद्यार्थी कक्षाकोठामा लुकेर बसेका थिए । गोली हान्ने उक्त युवकलाई प्रहरीले पक्राउ गरेको छ ।अहिलेसम्म १४ जनाको शनाखत भएको भए पनि जानकारी नगराइएको बताइएको छ । उक्त स्कुलमा अध्ययन गर्ने विद्यार्थीका बुबाआमा प्रहरी परिसरमा जम्मा भएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पीडित परिवारलाई सान्त्वना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.