Breaking News.... EverestOnlineKhabar
June 26, 2026

इतिहास रच्दै भारतले दक्षिण अफ्रिकाबिरुद्धको सिरिज कब्जा गर्यो

Loading

एजेन्सी । दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । पाँचौ खेलमा दक्षिण अफ्रीकालाई ७२ रनले हराउदै भारतले एक खेल अगाबै सिरिजमा कब्जा जमाएको हो ।

पोर्ट एलिजावेथमा भारतले दिएको २७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको दक्षिण अफ्रीका ४२ ओभर २ बलमा अलआउट हुँदै २०१ रनमा समेटिएको थियो । योसँगै भारतले घरेलु टोलीविरुद्धको ६ खेलको सिरिजमा ४ – १ को अग्रतासहित कब्जा जमायो । दुई टोलीबीचको अन्तिम एकदिवसीय शुक्रबार हुनेछ ।

दक्षिण अफ्रिकाका लागि हासिम अमलाले सर्वा्िधक ७१ रन बनाए । भारतका कुलदिप यादवले ४ तथा हार्दिक पाण्डय र युजभेन्द्र चाहलले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा ७ विकेट गुमाएर २७४ रनको योगफल तयार गरेको थियो । भारतको लागि रोहित शर्माले शतकीय पारी खेल्दै ११५ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३६, शिखर धवनले ३४ तथा श्रेयस इयरले ३० रन बनाए । दक्षिण अफ्रीकाका लागि लुंगी निग्दीले ४ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.