Breaking News.... EverestOnlineKhabar
June 26, 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि मुद्दा चलाउने तयारी

Loading

एजेन्सी,फागुन ।
प्रहरीले प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउन पर्याप्त प्रमाण रहेको जिकिर गरेको छ । तर प्रधानमन्त्री नेतन्याहूले भने प्रहरीले लगाएको आरोपको ठाडै अस्वीकार गरेका छन् । उनले आफू प्रधानमन्त्री मै रहने बताए । प्रधानमन्त्री नेतन्याहूमाथि इजरायलको पत्रिका‘येडियत अहरोनोट’ पत्रिकाका मालिकलाई विपक्षीलाई दबाब दिने गरी समाचार प्रकाशन गर्न र आफ्नो सकारात्मक कुरा मात्र छाप्न दबाब दिएको बताइएको छ ।
प्रहरीले भनेः‘येडियत अहरोनोट’ का सम्पादक आरनन मोजेफमाथि पनि मुद्दा चलाइनुपर्ने जनाएको छ । सन् २००९ मा इजरायलका प्रधानमन्त्री भएका नेतन्याहूमाथि बलिउड निर्माता आनर्नन मिलचनसँग एक लाख डलर उपहार लिएको आरोप पनि लागेको छ ।
जेरुसेलम पोस्टले मिलचनसँग महंगा मदिरा र सिगार समेत लिएको दाबी गरेको छ । प्रहरीले मिलचनमाथि पनि घुस दिएको आरोपमा मुद्दा चलाउनुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.