Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपाली सेनाले आज सेना दिवस मनाउँदैः टुंडिखेलमा विशेष कार्यक्रम

Loading

काठमाडौ,फागुन ।
नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ । शिवरात्रिका दिन सेनाले सेना दिवस मनाउने गर्दछ । शिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ ।
सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायतका कार्यक्रम राखिएको छ । सेना दिवसको खुसियालीमा आज साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसंगीत पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।
नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । वर्तमान सेनाको सांगठनिक स्वरूपको सुरुआत १८१९ सालदेखि भएको हो ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि सुरु भएकामा हालसम्म झण्डै १ लाख १५ हजार सैनिकबाट योगदान भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.