Breaking News.... EverestOnlineKhabar
June 26, 2026

विशाल सैन्य परेडमा पत्नीका साथ शक्तिशाली नयाँ मिसाइल अवलोकन गरे किमले

Loading

एजेन्सी,माघ ।
उत्तर कोरियाले स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाउन ओलम्पिकको एक दिन अगाडि विशाल सैन्य परेड देखाएको छ । हजारौँ सेनाको सहभागीता रहेको यस समारोहमा उत्तर कोरियाले गतवर्ष सफलतापूर्वक परीक्षण गरेको अत्यधिक शक्तिशाली मिसाइल पनि प्रदर्शनीमा राखेको रोयर्टसले जनाएको छ ।
सो परेडमा नेता किम जोङ आफ्नी पत्नी रि सोलजूका साथ उपस्थित भएका थिए । परेडबाट सार्वजनिक भएको एक भिडियोमा किम आफ्नी पत्नीका साथ राष्ट्रिय धुनमा मार्च गरिरहेको देखा परेको बताइएको छ । टेलिभिजनमा भाषण दिँदै किमले यस परेडबारे‘कठिन परिस्थिति र कडा प्रतिबन्धका बावजुद उत्तर कोरियाले विश्वव्यापी सैन्य शक्ति प्रदर्शन गरेर आफ्नो परिचय कायम गर्न सफल भएको’ बताएका हुन् ।
पछिल्ला वर्षहरुमा उत्तर कोरियाले अप्रिलको महिनामा मात्र सैन्य परेड खेलाउने गरेको थियो । तर यसवर्ष भने दक्षिण कोरियामा हुन लागेको ओलम्पिक खेलको एकदिन अगाडि उत्तर कोरियाले यसरी भव्य सैन्य परेड र मिसाइल प्रदर्शन गर्नु धेरै कुराको संकेत हुन सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् ।
उत्तर कोरियाली संचार माध्यमले सो परेडको प्रत्यक्ष प्रशारण गरेको थियो जसमा‘ह्वासङ–१४’ र‘ह्वासङ–१५’ पनि प्रदर्शनका लागि राखिएको बताइएको छ । यी हतियारहरु गतवर्ष लन्च गरिएका पहिलो आइसीबिएम मिसाइल रहेको बताइएको छ । गत नोभेम्बरमा परीक्षण गरिएको उक्त मिसाइल अमेरिकासम्म पुग्न सक्ने उत्तर कोरियाको दाबी छ ।
दुईपटकको प्रयासपछि मात्र उत्तर कोरियाले त्यसको परीक्षणमा सफलता हासिल गरेको बताइएको छ । यसपटकको सैन्य परेडमा भने उत्तर कोरियाले ट्यांक र सेनाभन्दा रकेट र मिसाइललाई बढी केन्द्रित गरेकामा अमेरिकी विश्वविद्हरुले चिन्ता व्यक्त गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.