Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एमाले—माओवादी केन्द्र एकता प्रक्रियाः फुकेन एकताको गाँठो

Loading

काठमाडौ,माघ ।
बुधबार साँझ सामाजिक सञ्जालमा माओवादी नेता—कार्यकर्ताले एउटा स्ट्याटस पोस्ट गरेः‘एकीकृत पार्टी अध्यक्ष केपी, प्रधानमन्त्री केपी, राष्ट्रपति भण्डारी, सभामुख नेम्बाङ, विचार बहुदलीय जनवाद, ७०—३० को भागबन्डा अनि पार्टी एकता……?’
सुरुमा यो स्ट्याटस माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी (पथिक) ले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। लगत्तै माओवादीका जनवर्गीय संगठनका अधिकांश नेता—कार्यकर्ताले त्यसैलाई‘कपी—पेस्ट’ गर्न थाले। सुवेदी माओवादीका यस्ता नेता हुन्, जो अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता रामबहादुर थापासँग समदूरी सम्बन्धमा छन्। सशस्त्र युद्ध सुरुवातमा दाहालका प्रमुख स्वकीय सचिव रहेका उनी प्रतिनिधिसभा चुनावमा पनि दाहालकै चुनावी कमान्डर थिए ।
यसले प्रस्टै बुझाउँछ, एमाले—माओवादी मूल नेतृत्वबीच पर्दाभित्र भइरहेको एकता वार्ताको चुरो। निर्वाचनलगत्तै एकता गर्ने संकल्प लिएका यी दुई पार्टीबीच एकताको गाँठो झन् कसिँदो छ। गाँठो के हो भन्ने नेताहरूले लुकाए पनि मूल नेतृत्वको व्यवस्थापनमै समस्या रहेको विस्तारै खुल्न थालेको छ। असोज १७ मा नेपालका यी दुई ठूला कम्युनिस्ट पार्टीले चुनावी तालमेल मात्र होइन, पार्टी एकताकै सैद्धान्तिक घोषणा गरेका थिए। प्रतिनिधिसभा, प्रदेशसभा हुँदै राष्ट्रियसभा चुनाव र प्रदेश सरकार निर्माणको भागबन्डासम्म सहमति जुटाएका दुई पार्टीलाई एकताको गाँठो फुकाउन मुस्किल परेको छ। एकीकृत पार्टीको कार्यदिशा र मूल नेतृत्वका विषयमा दुई पार्टी अध्यक्षले आफ्नै तहमा छलफल गरे पनि विकल्प गोप्य राख्दै आएका छन्।
के—के छन् गाँठा ?
—दुवै पार्टीको मूल नेतृत्वको व्यवस्थापन
—बहुदलीय जनवाद, माओवाद र एक्काइसौं शताब्दीको जनवाद
—गिभ एन्ड टेक देखिने गरी पावर सेयरिङ
—दोस्रो तहका नेताको स्वार्थ र दबाब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.