Breaking News.... EverestOnlineKhabar
June 26, 2026

आइसीसी विश्व क्रिकेट लिगः नेपाल आज दोस्रो खेलमा ओमानसंग भिड्दै

Loading

काठमाडौ,माघ ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज ओमनको सामना गर्दैछ । नामिबियामा जारी प्रतियोगितामा नेपाल लागातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले बिहीबार आयोजक नामिबियालाई १ विकेटले हराएको थियो । ओमन भने पहिलो खेलमा क्यानाडासँग ८ विकेटले हारेको थियो ।
नामिबियाको राजधानी विन्डहकमा बिहीबार घरेलु टोलीले दिएको १३९ रनको चुनौती नेपालले खेलमा चार बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका बसन्त रेग्मीले संयमतापूर्वक ब्याटिङ गर्दै अविजित २४ रन जोडेपछि नेपाल विजयी भएको हो । नेपालको जितमा शरद भेषावकरको २९ रन पनि महत्वपूर्ण रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको नामिबियालाई सस्तैमा रोक्न नेपालका स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिए । यस्तै, सोमपाल कामीले ३ तथा बसन्त रेग्मी, पारस खड्का र सरद भेषावाकरले १–१ विकेट लिएपछि आयोजक नामिबिया ३४ ओभर २ बलमा १३८ रनमै समेटिएको हो ।
नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिना जिम्बाबेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.