Breaking News.... EverestOnlineKhabar
August 17, 2026

कारण पेस गर्न सर्वोच्चको आदेशः‘भिआइपी सवारीमा सर्वसाधारणलाई रोक्ने किन ?

Loading

काठमाडौ,माघ ।
राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भिआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्रामा रोक्नुपरेको भन्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।
आदेशमा भिआइपीको सवारी हुँदा सडक खाली गराई राष्ट्रपति तथा विशिष्ट व्यक्तिको सुरक्षाका कारण सवारीलाई रोक लगाउने काम कुन—कुन कानुनमा उल्लेख गरिएको छ भन्नेबारे समेत लिखित जवाफ माग गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई अधिवक्ता ज्ञानेश्वर कोइरालाले यही माघ १९ गते दायर गरेको रिट निवेदनमा भिआइपीको सवारीमा नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउँदा नागरिक अधिकारको हनन भएको उल्लेख छ ।
नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रतापूर्वक सडकमा यात्रा गर्न पाउने अधिकार दिएको भए पनि राष्ट्रपति तथा अन्य विशिष्टको सवारी हुँदा नागरिकको यात्रा गर्न पाउने अधिकारको हनन भएको र नागरिकलाई मर्का परेको निवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.