Breaking News.... EverestOnlineKhabar
August 14, 2026

निर्देशक हार्भीले आफूमाथि यौन दुर्व्यवहार गरेको हलिउड अभिनेत्री उमा थरमनलको खुलासा

Loading

एजेन्सी । हलिउड अभिनेत्री उमा थरमनले सन् १९९० को दशकमा चलचित्र निर्देशक हार्भी वाइनस्टिनले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । दुई अन्य महिलाहरुले पनि ब्रिटेनका प्रहरीसँग सम्पर्क गरी आफूहरु उनको शिकार भएको बताएका छन् । तर वाइनस्टिनकी एक प्रवक्ताले थरमनले गरेको दावी सत्य नभएको जनाएकी छन्।

दर्जनौँ महिलाहरुले वाइनस्टिनमाथि यौन दुर्व्यवहारदेखि बलात्कारसम्मको आरोप लगाइरहेका छन् । अमेरिकी सञ्चारमाध्यमसँग बोल्दै अभिनेत्री उमा थरमनले सन् १९९४ मा ’पल्प फिक्सन’ चलचित्र सार्वजनिक भएपछि लन्डनको एउटा होटलमा वाइनस्टिनले आफूमाथि दुर्व्यवहार गरेको बताएकी हुन ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्समा प्रकाशित एउटा लेखमा उनले भनेकी छन, “त्यो एकदमै टाउको दुख्ने खालको घटना थियो, उनले मलाई धकेले, उनले आफूलाई नङ्ग्याए, उनले सबै नराम्रा खालका गतिविधि गरे।“

४७ वर्षीया अभिनेत्रीले किशोरी हुँदा उनलाई आफूभन्दा २० वर्ष जेठा अभिनेताले यौन सम्बन्धका लागि बाध्य बनाएको उल्लेख गरेकी छन्।
गएको नोभेम्बरमा उनले सार्वजनिक रुपमै वाइनस्टिनमाथि आक्रोश व्यक्त गरेकी थिइन् तर उनीमाथि कुनै विशेष आरोप भने लगाएकी थिइनन्। तर, शनिबार न्यूयोर्क टाइम्समा प्रकाशित ३ हजार शब्द लामो लेखमा उनले आफ्नो दावी सार्वजनिक गरेकी हुन्।

१६ वर्षको उमेरमा चलचित्र कर्म सुरु गर्दा यौन दुर्व्यवहारको शिकार भएको खुलासा गर्ने क्रममा उनले म्यानहटनको रात्रीक्लबमा भेट भएका एक जना अभिनेताबाट आफू पीडित भएको जनाएकी छन्। सन् १९९४ मा खुब चलेको पल्प फिक्सन चलचित्रको सफलतापछि लन्डनको एउटा होटलमा वाइनस्टिनले आफूलाई दुर्व्यवहार गरिएको उनको भनाइ छ ।

त्यसको एक दिनपछि एउटा पुष्पगुच्छा प्राप्त गरेको उल्लेख गर्दै उनले त्यसपछि वाइनस्टिनका सहयोगीहरुले नयाँ चलचित्रका परियोजनाबारे निरन्तर सम्पर्क गरेको खुलाएकी छन्।

हाल पुनर्स्थापनामा रहेकी वाइनस्टिनकी एक प्रवक्ताले एउटा विज्ञप्ति जारी गर्दै उनी र अभिनेत्री थरमनबीचको निकट सम्बन्ध झल्काउने तस्वीरहरु न्यूयोर्क टाइम्सलाई पठाएको जनाएकी छन्। उक्त विज्ञप्तिमा वाइनस्टिनले प्यारीसमा केही छेडखानीपछि २५ वर्षअघि ब्रिटेनमा थरमनसँग अलिकति असजिलो लाग्ने केहि गतिविधि भएको स्वीकार गरेका छन्।

त्यसबेला कुनै त्यस्तो शारीरिक सम्पर्क नभएको भन्दै २५ वर्षपछि थरमनले आफूमाथि आरोप लगाउँदा वाइनस्टिन दुःखी र अच्चमित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed