![]()
काठमाडौं । नेपाली कथानक चलचित्र ‘हैरान’ आउँदो जेठ ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
यो विश्वका कान्छा निर्देशक सौगात विष्टद्वारा निर्दे्शित दोश्रो चलचित्र हो । चलचित्रमा गजित विष्ट, निश्मा घिमिरे, सरोज खनाल, वुद्धि तामाङ् (हैंट), सत्यराज आचार्य, पुष्कर रेग्मी, सागर लम्साल (बले), शिशिर भण्डारी, सुरेन बसेल नारायण घिमिरेलगायत कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा नव नायिका आरोही शर्मा र बाल कलाकार एन्जेल राईको शशक्त भूमिका छ ।


गोविन्दसिंह भण्डारी सहनिर्देशक र गम्भीर विष्ट प्राविधिक निर्देशक रहेको यस चलचित्रमा निर्मल शर्मा, गोविन्द राई, रश्मी भट्ट, रवि गिरी, सुनिल कटुवाल, रक्षा श्रेष्ठले अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन ।
चलचित्रमा साउथ इण्डियन कलाकार वसीम रजा मुख्य खलनायक छन । चलचित्रको कार्यकारी निर्माता सम्झना पोख्रेल र निर्माता मुक्ति घले, डा. वाइ. यल. लामा र सृष्टि घिमिरे रहेका छन । चन्द्र पन्तको द्वन्द्व, प्रितम पाण्डेको सम्पादन, अनन्त घिमिरेको भिएफएक्स, अमित श्रेष्ठको मिक्सिङ्मा निर्माण भएको चलचित्रको कथा गम्भीर विष्टले लेखेका हुन । नृत्य निर्देशक पनि विष्ट नै छन ।
शान्तिप्रिय, चन्द्रमणि भट्टराई, सत्य—स्वरुप र गम्भीर विष्टको शव्दमा, सत्य स्वरुप, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठले संगीत गरेका फरक स्वादका ४ वटा गीत चलचित्रमा समावेश छन् । गीतमा सत्य स्वरुप, इन्दिरा जोशी, युवराज चौलागाई, दूर्गा परियार, गिरिश खतिवडा, वविता मानन्धर, राजन इशानसँगै बाल कलाकार सरगम आचार्यले स्वर प्रदान गरेका छन ।
चलचित्रमा आम मानिसको दैनिक जीवनका हैरानीलाई हास्य, द्वन्द्व, उत्साह र रहस्यमय ढङ्गबाट प्रस्तुत गरिएको कार्यकारी निर्माता पोख्रेलले बताए । निर्देशक सौगात विष्ट भन्छन — यो, भरपुर मनोरञ्जन दिने, रोमाञ्चकता, उत्साहले भरिएको, दर्शकलाई छिनछिनमा तरङ्गित बनाउने चलचित्र हो ।


