Breaking News.... EverestOnlineKhabar
August 9, 2026

राष्ट्रियसभा निर्वाचनमा अनिवार्य मतदान गर्न कांग्रेसको निर्देशन

Loading

काठमाडौं । नेपाली काँग्रेसले माघ २४ गते सात वटै प्रदेशहरुमा सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि अनिवार्य मतदानमा सहभागि हुन पार्टी मातहतका सांसद र निकायलाई सर्कुलर जारी गरेको छ ।

पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिज्ञप्ती जारी गरी कांग्रेसका तर्फबाट निर्वा्चित प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरुलाई माघ २२ गते भित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित भैसक्न सर्कुलर गरेका छन ।

स्वदेश तथा विदेश जहाँ रहेके पार्टी एवं राष्ट्रिय सभाका उम्मेदवारहरुसँग निरन्तर सम्पर्कमा रहिरहन पनि निर्देशन दिइएको छ ।
सर्कुलरमा राष्ट्रिय सभाको निर्वाचनमा अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed