![]()
एजेन्सी । भारतमा छायाङ्ककनको क्रममा रहेको सलमान खान अभिनित फिल्म ‘रेस ३’ मा अभिनेत्री जैकलिन फर्ना्ण्डिसको पोल डान्स देख्न पाइने भएको छ । निर्माण पक्षले फिल्ममा जैकलिनको पोल डान्स राख्ने निर्णय गरेको छ ।
सामाजिक सञ्जालमा आफ्नो पोल डान्स प्रशिक्षण सत्रका कयौं भिडियो क्लीपहरु शेयर गरिसकेकी जैकलिनले अब फिल्ममा पनि कला देखाउने मौका पाएकी छन ।
जैकलिनले पोल डान्सलाई प्रभावशाली बनाउन कयौं महिनासम्म कठिन प्रशिक्षण लिएकी थिइन् । ‘रेस ३’ मा जैकलिन र सलमान खानको जोडी देखिने भएको छ । यसअघि यिनीहरु ‘किक २’ मा देखिएका थिए ।
‘रेस’ फ्रेन्चाइजीको तेस्रो फिल्म टिप्स फिल्म्सको ब्यानरमा रमेश तौरानी र सलमान खान फिल्म्सद्वारा निर्माण भइरहेको छ । यो फिल्म सन् २०१८ को ईदमा रिलीज गरिने निर्माण पक्षले जनाएको छ ।


