Breaking News.... EverestOnlineKhabar
August 11, 2026

Loading

हेटौंडा । यही माघ २७ गते प्रदेश नम्बर ३ को सभामुखको निर्वाचन हुने भएको छ । बिहीबार हेटौंडामा बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुखको निर्वाचन गर्न मिति तय गरेको हो । एमाले–माओवादीको भागवण्डानुसार प्रदेश नम्बर ३ को मुख्यमन्त्री र सभामुख दुवै एमालेको भागमा परेको छ ।

प्रदेशसभाको बैठकको सुरुमा अधिवेशन आहृवान गरिएको प्रदेश प्रमुखको पत्र पढेर सुनाइएको थियो । त्यसपछि प्रदेशसभामा उपस्थित दलका एक एक जना नेताले बोले । ठूलो दल एमालेका साथै माओवादी सहितका दलका नेताहरुले सहमतिका साथ अघि बढ्नु पर्ने बताए । कांग्रेसका इन्द्र बानियाले भने हेटौंडाबाट राजधानी नहटाउन चेतावनी दिएका छन् ।

बैठकले प्रदेशसभा सञ्चालनको अन्तरिम कार्यविधि बनाएको छ भने प्रदेशसभा सञ्चालनका लागि प्रमुख चार दलका एकएक जना रहेको समिति बनाएको छ ।

बैठकमा एमाले उपाध्यक्ष एवम् प्रदेश नम्बर ३ की संयोजक अष्टलक्ष्मी शाक्य, माओवादी केन्द्रका संसदीय दलका संयोजक शालिकराम जम्कट्टेल, कांग्रेसका इन्द्र बानियाँ, विवेकशील साझा पार्टीका रमेश पौडेल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र गोसाइ, राप्रपाकी, रीना गुरुङ, राप्रपा प्रजातान्त्रिककी रीता माझी र नयाँ शक्तिका प्रेम तामाङले दलको तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed