Breaking News.... EverestOnlineKhabar
August 10, 2026

अमेरिकी डीभी भिसा अन्त्य गर्ने ट्रम्पको घोषणा…..

Loading

एजेन्सी,माघ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक‘स्टेट अफ द युनियन’ लाई सम्बोधन गरेका छन् । यस अन्तर्गत उनले रोजगार, अर्थव्यवस्था, आप्रवासी, आतङ्कवाद र राष्ट्रिय सुरक्षाको मुद्दामा आफ्नो कुरा राखेका हुन् । यसैबीच ट्रम्पले आप्रवासी र डीभी लोटरी भिसाबारे पनि उक्त कार्यक्रमको भाषणमा केही प्रमुख निर्णयहरु सुनाएका छन् । आप्रवासी सम्बन्धी योजनालाई उनले चार भागमा विभाजित गरि आफ्नो धारणा प्रस्तुत गरेका हुन् ।
पहिलो चरणमा उनले १८ लाख आप्रवासीलाई नागरिकता प्रदान गरिने बताए । त्यस्तै दोस्रोमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कडा बनाइने, तेस्रोमा ग्रीन कार्ड लोटरी भिसाको सुविधालाई अन्त्य गराउने जानकारी गराए । र, चौथोमा चेन माइग्रेसन अन्तर्गत एकजना बराबर ल्याउन पाइने परिवारको सदस्यको सङ्ख्यालाई न्युन गराउने योजना उनले सार्वजनिक गराएका छन् ।
राष्ट्रपति ट्रम्पले पछिल्लो समय अमेरिकाको न्यूयोर्कमा भएका आतङ्की हमलाका प्रमुख कारण भिसा लोटरी र चेन माइग्रेसन जस्ता सुविधा भएको बताए । यी सेवाहरुले जोकोहीलाई पनि देशमा सजिलै प्रवेश दिलाइरहेकाले अमेरिकामा आतङ्की हमला बढ्दै गएको उनी बताउँछन् । भिसा लोटरी सुविधामा दक्षता, शीप, योग्यता र मानवीय सुरक्षा जस्ता विशेषताबारे गम्भीरतापूर्वक जाँच नगरिने भएकाले यसले अमेरिकी नागरिकहरुको सुरक्षामा खतरा पैदा गरेको हुँदा यसको अन्त्य गर्न जरुरी भएको उनको भनाइ छ । यसअघि पनि उनले भिसा लोटरीले जथाभावी काम नलाग्ने मानिसहरु भित्र्याउँछ भन्ने टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed