Breaking News.... EverestOnlineKhabar
August 9, 2026

डेभिड बेकह्यामले अमेरिकामा फुटबल क्लब खोले

Loading

एजेन्सी । इंग्लिस फुटबल स्टार डेभिड बेकह्यामले अमेरिकामा फुटबल क्लब खोलेका छन् । लामो समयदेखि अमेरिकामा आफ्नै लगानीमा फुटबल क्लब स्थापना गर्ने बताउँदै आएका बेकह्यामले क्लव घोषणा गरेका हुन् । फ्लोरिडाको मायामीमा स्थापना गरिएको उक्त टिमको नाम भने अझैसम्म सार्वजनिक गरिएको छैन ।

क्लबले अमेरिकी शीर्ष डिभिजनको फुटबल लिग मेजर लिग सकर (एम.एल.एस)मा स्थान पाउनेछ । क्लवले मायामीमै रहेको २५ हजार दर्शक क्षमताको रंगशालामा होम म्याचहरु खेल्नेछ ।

सन् २००७ देखि अमेरिकाको एल.ए ग्यालेक्सीबाट व्यावसायिक फुटबल खेलेका बेकह्यामले श्रीमती एवं स्पाईस गल्र्सकी पूर्व गायिका भिक्टोरिया र चार सन्तानको उपस्थितिमा क्लवको घोषणा गरेका हुन् ।

इंग्लिस राष्ट्रिय फुटबल टोलीबाट ११५ खेल खेलेका बेकह्यामले आफ्नो व्यावासायिक खेल जीवनमा मुख्यरुपले म्यान्चेस्टर युनाईटेड र रियाल मड्रिडबाट खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed